काठमाडौं- सोमबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय र चाँदी १० रुपैयाँ बढेको हो।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारका लागि छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो। सोमबारका लागि चाँदीको मूल्य १३ सय ९० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।