सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

जति बलियो बैंक उति सबल अर्थतन्त्र : गभर्नर 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २५ २०७९
images
images
जति बलियो बैंक उति सबल अर्थतन्त्र : गभर्नर 

 उक्त अवसरमा अधिकारीले बैंक बलियो भएमात्र अर्थतन्त्र बलियो हुने बताए। एक दशकअघि लिएको मर्जरको नीति अहिले सफल भएर वित्तीय प्रणाली सुधार र सुरक्षित बन्दै गएको उनले बताए। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरू बलियो भएमात्र अर्थतन्त्र सबल हुने बताएका छन्। 

images
images
images

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछिको एकीकृत कारोबारको सुरुवात कार्यक्रममा बोल्दै अधिकारीले राष्ट्र बैंकको नीतिलाई साथ दिँदै ग्लोबल आईएमई बैंकले २१ वटा संस्थालाई एक ठाउँमा ल्याउनु सराहनीय भएको बताए। 

images
images

 उक्त अवसरमा अधिकारीले बैंक बलियो भएमात्र अर्थतन्त्र बलियो हुने बताए। एक दशकअघि लिएको मर्जरको नीति अहिले सफल भएर वित्तीय प्रणाली सुधार र सुरक्षित बन्दै गएको उनले बताए। 

images
images
images

२४७ संस्था मर्जर भईसकेका र अहिले १४ वटाबैंकहरु मर्जरका रहेको उनको भनाइ छ। यो प्रक्रियाले वित्तीय जोखिमलाई न्यूनीकरण गर्ने उनको भनाइ छ। 

उक्त कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशकै ठूलो बैंकको जिम्मेवारी बढेको बताउँदै ऋण दिएका र नयाँ ऋण लिनेलाई सरल बनाउने भूमिकासमेत हुने बताए। 

'बैंक बलियो भएपछि अन्य क्षेत्र पनि बलियो हुने हो, यसका लागि बैंक नाफामा जानै पर्छ' गोल्छाले भने। 

अहिले राजश्व घटेको तथा लाखौले रोजगारी गुमाएको बताउँदै अहिले केही सुधारको काम सुरु भएको बताउँदै अब सरकारी खर्च बढाउन उनले आग्रह गरे। 

अब मौद्रिक नीतिमा केही सुधार हुन आवस्यक रहेको समेत गोल्छाले बताए। 

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अहिलेको समयमा उद्योगीहरूले ठूलो वित्तीय समस्या भोगिरहेको र यस्तो समयमा नेपालकै ठूलो बैंकको विशेष भूमिका हुने बताए। 

सन्तुलित ब्याजदरमा ऋण प्रवाह गर्न यो बैंकले विशेष पहल गर्ने र यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो। 

 


प्रकाशित : सोमबार, पुस २५ २०७९०४:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend