सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

सूचकमात्र होइन वित्तीय पहुँच विस्तारमा पनि अब्बल छौँ : चन्द्र ढकाल 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २५ २०७९
images
images
सूचकमात्र होइन वित्तीय पहुँच विस्तारमा पनि अब्बल छौँ : चन्द्र ढकाल 

नेपालको बैंकिङ क्षेत्रमा यो मर्जरले इतिहास बनाएको उनको भनाइ छ।  बिदेशबाट रेमिट्यान्स भित्रयाउनेबाट सुरू भएर मुलुककै ठूलो बैंक बनाएर सेवा दिन पाउनु  आफैमा गौरवको कुरा भएको उनको भनाइ छ। 

images
images

काठमाडौं-  ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक मर्जर भएसँगै नेपालकै सबैभन्दा ठूलो बैंकमात्र होइन अब्बल पनि बनेको बताएका छन्। 

images
images
images

सरकारी नीति अनुसार नै मर्जनर तथा प्राप्तिलाई अघि बढाइएको उनले बताए। दुई बैंक मर्ज भएर एकीकृत कारोबार गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले  ५ वाणिज्य बैंक, १० विकास बैंक र ६ वटा फाईनान्स मर्ज गरेर २१ कम्पनी गाभिएको बताए। 

images
images

´सबैका लागि बैंक भन्ने नारा बोकेर ठूला र साना सबैको बैंक हुने अभियानमा समेत छौं` ढकालले भने। 

images
images
images

नेपालको वित्तीय क्षेत्रमा यही बैंकको १० प्रतिशत हिस्सा पुग्ने उनको प्रक्षेपन  छ। ´ठूला बैंकले अब एउटै बैंकबाट ठुला उद्योग र आयोजनामा लगानी गर्ने क्षमता राख्ने छ,` ढकालले भने। 

नेपालको बैंकिङ क्षेत्रमा यो मर्जरले इतिहास बनाएको उनको भनाइ छ।  बिदेशबाट रेमिट्यान्स भित्रयाउनेबाट सुरू भएर मुलुककै ठूलो बैंक बनाएर सेवा दिन पाउनु  आफैमा गौरवको कुरा भएको उनको भनाइ छ। 

अब बैंकजस्तै ठूला पर्यटन पूर्वाधार बनाउने अभियान रहेको बताउँदै सातवटै प्रदेशमा चन्द्रागिरि जस्ता परियोजना अगाडि सारेको उनले बताए। 


प्रकाशित : सोमबार, पुस २५ २०७९०४:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend