काठमाडौं- नेपाल आयाल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि निगमले इन्धनको मूल्य समायोजन गरेको हो।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो। अब पेट्रोल प्रतिलिटर १७५, डिजेल १७२ र मट्टीतेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। खाना पकाउन एलपीजी ग्यासको मूल्य भने यथावत राखिएको छ।
एलपीजी ग्यास प्रतिसिलिन्डर १८०० रुपैयाँ नै रहेको छ। यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाउँदै १७० रुपैयाँ तोकिएको छ।