काठमाडौं- पशुपतिनाथ मन्दिर भएको क्षेत्रमा स्नान केन्द्र निर्माण हुने भएको छ।
पशुपति क्षेत्र विकास कोषले उक्त क्षेत्रमा स्नान केन्द्र निर्माणका लागि टेन्डर आव्हान गरेको छ।
तातो तथा चिसो पानीको व्यवस्थासहितको स्नान केन्द्र निर्माणका लागि इच्छुक र योग्य कम्पनीबाट प्रस्ताव माग गर्दै कोषले सार्वजनिक सूचना जारी गरेको छ।
काठका बेन्चसहितको व्यवस्थित स्नान केन्द्र निर्माणका लागि योग्य तथा इच्छुक कम्पनीले अनलाइन प्रस्ताव पेश गर्नुपर्ने छ।