काठमाडौं- अर्थसचिव तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेले शुक्रबार कार्यभार सम्हालेका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको थियो। राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।