काठमाडौं- अर्थ सचिव र राजस्व सचिव परिवर्तन गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको हो। अर्थसचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरे ल्याइएको छ।
अहिले अर्थसचिव कृष्णहरि पुस्कर र राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए।
राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।