काठमाडौं- तीन दिनयता सुनको मूल्यमा लगातार वृद्धि भएको छ। बिहीबार पनि सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।