मंगलबार, वैशाख २५ गते २०८१    
images
images

अमेरिकीलाई नै महँगो भयो विद्युतीय कार!

images
images
images
अमेरिकीलाई नै महँगो भयो विद्युतीय कार!

अध्ययनमा सहभागीका अनुसार ३० प्रतिशत अमेरिकीहरू आफ्नो सवारी जस्तोसुकै भएपनि हुने र त्यसमा कुनै रायनै दिएका छैनन्। यो ठूलो संख्याले राय व्यक्त नगर्दा कार उत्पादकहरूलाई नै कसरी अघि बढ्ने भन्ने चुनौती थपेको छ।

images
images

काठमाडौं- विश्वले शून्य प्रदूषण सवारीलाई प्राथमिकता दिएको छ। सन् २०४० पछि दर्ता हुने दुई तथा चारपांग्रे सबै सवारी शून्य प्रदूषणयुक्त हुनेमा विश्वले नै सहमति जनाइ सकेको छ। 

images
images
images

यसका बावजुत विश्वभरका उपभोक्ताको एउटै गुनासो रहेको विद्युतीय सवारी महँगो भयो। किन्न चाहने सबैजसो उपभोक्ता अत्याधिक मूल्यकै कारण पछि हट्ने गरेका छन्। हालै सार्वजनिक भएको एक अमेरिकी अध्ययनले पनि त्यस्तै नतिजा दिएको छ। 

images

कन्सल्टिङ फार्म डेलोइटले गरेको एक अध्ययनअनुसार धेरै अमेरिकी उपभोक्ताहरू विद्युतीय सवारी किन्न चाहन्छन् तर महँगो भएका कार पेट्रोलियम कार नै खरिद गर्न बाध्य भएको बताएका छन्। १० मध्ये ७ अमेरिकी विद्युतीय सवारी खरिद गर्न चाहने आफ्नो नयाँ विद्यूतीय कार ५० हजार अमेरिकी डलरभन्दा कमको होस् भन्ने चाहन्छन्। तर उपलब्ध सबैजसो विद्युतीय कारको मूल्य त्योभन्दा बढी नै रहेको छ। यो अध्ययन डेलोइटले सेप्टेम्बर र अक्टोबर २०२२ मा गरेको थियो। 

images

अध्ययनमा सहभागीमध्ये ५० प्रतिशतले विद्युतीय सवारीको स्वीकार्यता कम हुनुमा किन्न सक्ने मूल्यको पहुँचभन्दा बाहिर रहेको बताएका छन्। पछिल्लो समय देखिएको उच्च मूल्यवृद्धि र मुद्रास्फितीका कारणसमेत विद्यूतीय कारको मूल्य बढेकाले उपभोक्ता किन्नबाट हच्किएका हुन्। 

images
images

अमेरिकी कार उत्पादन कम्पनी टेस्लाको लोकप्रिय मोडल मोडल वाईको सुरुवाती मूल्य ६५ हजार ९ सय ९० डलर र पुरानो कार उत्पादक कम्पनी फोड मोटरको मस्टाङ म्याक ईको मूल्य ४६ हजार ८ सय ९५ डलर रहेको छ। 

अमेरिकामा विद्युतीय सवारी किन्नेको संख्या भने वार्षिक ३ प्रतिशतले बढेको पनि अध्ययनले देखाएको छ। यता हाइब्रिड विद्युतीय सवारी र प्लग इन हाइब्रिड विद्युतीय सवारीको प्रयोग भने अमेरिकामा बढेको छ। डेलोइटले ‘२०२३ ग्लोबल अटोमोटिभ कन्जुमर सर्भे’मा भनेको इन्टरनल कम्बस्चन इन्जिनयुक्त सवारी नै किन्छु भन्नेहरूको संख्या भने ६८ प्रतिशतबाट ६२ प्रतिशतमा झरेको छ।

सो अध्ययनका अनुसार ३० प्रतिशत अमेरिकीहरू आफ्नो सवारी जस्तो सुकै भएपनि हुने र त्यसमा कुनै रायनै दिएका छैनन्। यो ठूलो संख्याले राय व्यक्त नगर्दा कार उत्पादकहरूलाई नै कसरी अघि बढ्ने भन्ने चुनौती थपेको छ। 

आइसी इन्जिनयुक्त कारको तुलनामा विद्युतीय कार संसारभर नै महँगो रहेको छ। विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको लागत र टेक्नोलोली नै महँगो भएकाले कारको मूल्य स्वतः महँगो भएको हो। संसारका सबैजसो देशका सरकारहरूले विद्युतीय सवारीमा नगद तथा कर अनुदान दिँदै आएका छन्। त्यसरी अनुदान नदिने हो भने विद्युतीय कार अझै महँगो हुने थियो। 

नेपालमा पनि सरकारले विद्युतीय कार आयातमा कर सहुलियत दिँदै आएको छ। नेपालमा कार उत्पादन नहुने भएकाले अन्य अनुदानको अर्थ रहेन। पेट्रोलियम पदार्थबाट चल्ने कारमा अत्याधिक कर लगाएका कारण र विद्युतीय कारमा कर सहुलियत दिइएको हुँदा नेपालमात्र यस्तो देश बनेको छ जहाँ आईसी इन्जिनयुक्त कारको तुलनामा विद्युतीय कार सस्तो मूल्यमा पाइने गरेको छ। यसका बावजुत विद्युतीय सवारी आम उपभोक्ताको पहुँचभन्दा बाहिरै छ। 

images

प्रकाशित : बिहीबार , पुस २१ २०७९०६:११

प्रतिक्रिया दिनुहोस