काठमाडौं- सरकारले कैदिबन्दीको भत्ता बढाएको छ। कारागार नियमावली २०२० लाई संशोधन गर्दै भत्ता बढाइएको हो।
भत्ता बढाउने गरी संशोधन गरिएको नियमावलीको नाम 'कारागार नियामवली २०७९' बनाइएको छ। संशोधान नियमावलीमा नियमावलीको अनुसूची ३ मा रहेको व्यवस्था परिवर्तन गर्दै भत्ता रकम बढाएको हो।
थुनुवा वा कैदीबन्दीलाई मोटोचामल ७ सय ग्राम र साठी रुपैयाँ तथा चाडपर्व खर्चवापत प्रत्येक वर्ष एकमुष्ठ ३ सय रुपैयाँ दिने व्यवस्थाको ठाउँमा साठी रुपैयाँको ठाउँमा ८० रुपैयाँ बनाएको हो।
यसैगरी नाबालकले यसअघि ३५ रुपैयाँ पाउने व्यवस्थामा पनि बढाएर ५० रुपैयाँ बनाइएको छ। यसैगरी सुत्केरीले पाउने १ हजार रुपैयाँ लाई बढाएर २ हजार रुपैयाँ बनाइएको छ।
साथै प्रत्येक कैदी वा थुनुवालाई चारहाते काम्लो एक र पाँच हाते पाखी एक वा काम्लो र पाखीको सट्टा सिरक डसना लिन चाहने बन्दीलाई तीन किलो कपास बराबरको सिरक एक तथा तीन किलो कपास बराबरको डसना एक र चार हाते कोराको च्यादर वा तन्ना एक हरेक दुई वर्षमा एक पटक पाउन व्यवस्था समेत परिवर्तन भएको छ।
यसको सट्टा अब प्रत्येक कैदी वा थुनुवालाई पाँच किलो कपास बराबरको सिरक एक तथा पाँच किलो कपास बराबरको डसना एक र तन्ना एक हरेक दुई वर्षमा एक पटक पाउने व्यवस्था गरिएको छ। तर कैदी वा थुनुवाले आफूखुशी सिरक डसना व्यवस्था गर्न चाहेमा उल्लिखित सिरक डसनाको निमित्त पर्न आउने मूल्य बराबरको रकम त्यस्ता कैदी वा थुनुवालाई दिने व्यवस्था गरिएको छ।
यस्तो छ अन्य परिमार्जन भएको व्यवस्था