काठमाडौं- मंगलबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। सोमबारको तुलनामा सुन प्रतितोला ९ सय र चाँदी १० रुपैयाँ बढेको हो।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको हो। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महाासंघले जनाएको छ।