सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै मुक्तकमैया

images
सोमबार, पुस १८ २०७९
images
images
व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै मुक्तकमैया

महिलाले बिहानीको झिसमिसेमै टाउकोमा टोकरी बोकेर बजार क्षेत्रका पसल घर चहार्दै तरकारी बेच्नका लागि पुग्नुपर्ने बाध्यता भने रहेको छ।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैया बस्तीकी सनमती चौधरीको दिनचर्या फेरिएको छ। परिवारको खर्च जुटाउनका लागि उनको पहिला बिहानीको झिसमिसेमै मजदुरीमा जान्थे। 

images
images
images

मजदुरीबाट आएको पैसाले परिवारको खर्च चल्थ्यो। हाल उनी तरकारी खेतीमा संलग्न भएका छन्। व्यावसायिक तरकारी खेती गरेर सनमतीका सात जनाको परिवार खर्च सहज रुपमा चल्न थालेको छ। पुनः स्थापन हुँदा पाएको पाँच कठ्ठा जग्गामध्ये एक कठ्ठा जग्गामा उनले घर निर्माण गरेका छन्।
 
बाँकी रहेको चार कठ्ठा जग्गामा तरकारी खेती गरेका छन्। आफ्नो स्वामित्वको चार कठ्ठा जग्गा र अरुको पाँच कठ्ठा जग्गा भाडामा लिएर उनले तरकारी खेती गर्दै आएको छन्। तरकारी खेतीबाट चौधरीले वर्षमा तीन लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। 'पहिला बिहानै मजदुरीमा जान्थ्यौँं', उनले भने, 'हाल बिहानैदेखि तरकारी बाली स्याहार्ने कार्यसँगै टिपेर बजारमा बेच्नका लागि जाने गरेका छौँ।' मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएको उनले बताए। 
 
हाल उनको बारीमा काउली, गोलभेँडा, बन्दागोभी, खुर्सानी र हरियो सागपात बेच्नका लागि तयारी अवस्थामा रहेको छ । केही उत्पादित तरकारी उनले बजारमा लगेर बिक्री गरिसकेका छन्। '२० हजार जतिको काउली र गोलभेँडा बिक्री गरेका छौँ', उनले भने, 'अरु तरकारी बिक्री गर्ने अवस्थामा पुगेको छ।' घरमा रहेका महिलाले मात्रै तरकारी खेतीमा संलग्न छन्। पुरुष बाह्य क्षेत्रमा रोजगारी गर्दै आएका छन्। घर खर्चसँगै बालबालिकको पढाइ खर्च तरकारी खेतीको कमाइले धानिँदै आएको छ। 

images
images

घरका पुरुषले कमाएको पैसाले चौधरी परिवारले पक्की घर निर्माण गरेको छ। सनमती जस्तै बस्तीका रामस्वरुप चौधरीले पनि चार कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीबाट चौधरीले एक लाखदेखि एक लाख २० हजार रुपैयाँ जति वर्षमा कमाइ गर्छन्।
 
'तरकारी उत्पादन गरी बजारमा लगेपछि बिक्री हुन निकै समस्या छ', उनले भने, 'बाह्य क्षेत्रबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लागत मूल्यभन्दा थोरै बढीमा बिक्री हुन्छ, बेमौसमी तरकारीबाट भने चाहे अनुसारको मूल्य मिल्ने गरेको छ।' 

images
images
images

'गाउँमै तरकारी संकलन केन्द्र भए थोकमा व्यापारीलाई तरकारी उपलब्ध गराउँदा मूल्य मिल्न सक्थ्यो', आरती चौधरीले भनिन्, 'त्यसका लागि स्थानीय तहले व्यवस्था मिलाई दिनुपर्‍यो, वडाध्यक्षलाई यसबारे अवगत गराएका छौँ, बनाउने आश्वासन दिएका छन्।'

महिलाले बिहानीको झिसमिसेमै टाउकोमा टोकरी बोकेर बजार क्षेत्रका पसल घर चहार्दै तरकारी बेच्नका लागि पुग्नुपर्ने बाध्यता भने रहेको छ। केही गैरसरकारी संस्थाले तरकारी खेती गर्ने तौरतरिका सिकाउने कार्यसँगै बीउबिजनमा सहयोग गरेका छन्।

स्थानीय तहका तर्फबाट तरकारी खेतीमा संलग्न मुक्तकमैया परिवारका लागि कुनै पनि कार्यक्रम हालसम्म नल्याएको सुक्नी चौधरीले बताइन्। मुक्तकमैया बस्तीका छ परिवारले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन्। 'पहिला तरकारी खेती गर्ने धेरै थिए', मुक्तकमैया अगुवा भागिराम चौधरीले भने, 'कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण बजारमा तरकारी बिक्री हुनै छाडेपछि तरकारी खेती गर्नेको सङ्ख्यामा कमी आएको छ, तरकारी बिक्री नभएपछि धेरैले जीविका चलाउनका लागि अरु विकल्प रोजे, त्यसैले तरकारी खेती गर्ने घटे।'

नगरपालिकाको कृषि शाखका प्रमुख करन सिंह बुढाऐरले आर्थिक रुपमा विपन्न मुक्तकमैयाका लागि व्यावसायिक तरकारी खेतीका लागि अनुदानका कार्यक्रमसँगै तालिमका योजना रहेको बताए। 'व्यावसायिक तरकारी खेती गर्नेलाई प्रोत्साहित गर्ने नगरपालिकाको योजना छ', उनले भने, 'मागका आधारमा कार्यक्रम सञ्चालन हुने भएकाले माग आए अनुसारका अनुदानका कार्यक्रम सञ्चालन गर्न प्रतिवद्ध छौँ।' हाल कृषि शाखाबाट अनुदानमा बीउ, कृषि औजार, उपकरण उपलब्ध गराउने कार्य हुँदै आएको उहाँले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, पुस १८ २०७९०८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend