सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १८ २०७९
images
images
मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

७ अर्ब ३६ करोड ३ लाख ८४ हजार रुपैयाँको लागतमा दोस्रो चरणको ७ सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो।

images
images

काठमाडौं- मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले ७ सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ।

images
images
images

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७ सय ९६ किमी वितरण सञ्जालमध्ये ४ सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले राससलाई जानकारी दिए। बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उनको भनाइ थियो।

images
images

वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन्। स्वयम्भू क्षेत्रमा शर्मा/रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्/टिम्स्/कुमार/सिएभी/क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ। 

images
images
images

यसैगरी मण्डिखाटार क्षेत्रमा टुँडी कन्स्ट्रक्सनले वितरण सञ्जाल निर्माणको काम गरिरहेको छ। कपन क्षेत्रमा भने लिपेल/शैलुङ जेभीले काम गरिरहेको छ।

७ अर्ब ३६ करोड ३ लाख ८४ हजारको लागतमा दोस्रो चरणको ७ सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो। निर्देशनालयले पहिलो चरणमा १ हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ। त्यसमध्ये पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ। पहिलो चरणमा निर्माण भइसकेको क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ। रासस


प्रकाशित : सोमबार, पुस १८ २०७९०६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend