बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

एक वर्षमै ६१ कम्पनीका लगानीकर्ताले प्रतिकित्तामै कमाए १ हजार रुपैयाँ भन्दा बढी

राष्ट्रिय बिमा समितिका लगानी कर्ताले प्रतिकित्ता कमाइ १५ हजार ७० रुपैयाँ 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ३२ २०७८
images
images
एक वर्षमै ६१ कम्पनीका लगानीकर्ताले प्रतिकित्तामै कमाए १ हजार रुपैयाँ भन्दा बढी

गत वर्षको भदौ १ गते देखि चालू वर्षको साउन मसान्तसम्ममा आइपुग्दा ६१ कम्पनीमा लगानी गर्ने लगानी कर्ताले प्रतिकित्ता १ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ भन्दा बढी कमाएका छन्।

images
images

काठमाडौं-  गत वर्षको भदौ १ गते देखि चालू वर्षको साउन मसान्तसम्ममा आइपुग्दा ६१ कम्पनीमा लगानी गर्ने लगानी कर्ताले प्रतिकित्ता १ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ भन्दा बढी कमाएका छन्।

images
images

जसमा सबैभन्दा बढी राष्ट्रिय विमा समितिका लगानी कर्ताले प्रतिकित्ता १५ हजार ७० रुपैयाँसम्म कमाएकका छन्। यो कम्पनीका प्रवद्र्धकले पनि प्रतिकित्ता १२ हजार ५९ रुपैयाँ कमाएका छन्।

images
images

यसैगरी, प्रति कित्ता १० हजार रुपैयाँ भन्दा बढी कमाउने कम्पनीमा साल्टट्रेडिङ कपोरेशन रहेको छ। यो कम्पनीमा लगानी  गर्ने लगानी कर्ताले प्रतिकित्ता ११ हजार ७५ रुपैयाँ कमाएका छन्।

images
images

साथै प्रतिकित्ता ५ हजार रुपैयाँ भन्दा बढी कमाउनेमा ५ वटा कम्पनी रहेका छन्। जसमा विशाल बजार कम्पनीका लगानी कर्ताले प्रतिकित्ता ६ हजार ७ सय ८ रुपैयाँ र बोटलर्स नेपाल (तराई)मा लगानी गर्नेले प्रतिकित्ता ६ हजार ४३ रुपैयाँ कमाएका छन्।

यसैगरी युनिलिभर नेपालमा लगानी गर्ने लगानी कर्ताले प्रतिकित्ता ५ हजार ९ सय ५७ रुपैयाँ र हिमालयन डिष्ट्रिलरीका लगानी कर्ताले पनि प्रतिकित्ता ५ हजार ८ सय ४९ रुपैयाँ कमाएका छन।यसैगरी महिला लघुवित्तमा लगानी गर्नेले प्रतिकित्ता ५ हजार ३ सय ११ रुपैयाँ कमाएका छन्।

प्रतिकित्ता ४ हजार रुपैयाँ भन्दा बढी कमाउनेमा जनउस्थान सामुदायिक लघुवित्त रहेको छ। यो कम्पनीमा लगानी गर्नेले एक वर्षकै अवधिमा प्रतिकित्ता ४ हजार २ सय २ रुपैयाँ कमाएका छन। सााथै नागरिक लगानी कोषमा लगानी कर्ताले पनि एक वर्षकै अवधिमा प्रतिकित्ता ३ हजार १ सय ६९ रुपैयाँ कमाएका छन्।

प्रतिकित्ता २ हजार भन्दा बढी कमाउनेमा ९ वटा कम्पनी छन्। जसमा चन्द्रागिरी, नश्नल माइक्रोफाइनेन्स, स्वाभिमान लघुवित्त,  मौलि लघुवित्त, उन्नती सहकार्य लघुवित्त, सर्पोट लघुवित्त,ग्लोबल आइएमई लघुवित्त, फर्वाड कम्युनिटी लुघवित्ति र जीवन विकास लघुवित्ति रहेका छन्।

प्रतिकित्ता २ हजार देखि ५ हजार रुपैयाँसम्म  कमाउने कम्पनी

lok chitrakar.jpg

प्रतिकित्ता १ हजार भन्दा बढी 

यसैगरी ४१ वटा कम्पनीमा लगानी कर्ताले पनि प्रतिकित्ता १ हजार रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन।

lok chitrakar.jpg


प्रकाशित : सोमबार, साउन ३२ २०७८११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend