शुक्रबार, वैशाख २१ गते २०८१    
images
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न

पाँच दशकपछि खुलेको ढोका : विमानस्थलपछि वृहत्तर पोखरा

images
images
images
पाँच दशकपछि खुलेको ढोका : विमानस्थलपछि वृहत्तर पोखरा
images
images

काठमाडौं- २०३२ सालमै पोखरेली जनताले अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखेका थिए। पहिलेदेखि नै विदेशी र स्वदेशी दुवै पर्यटकका लागि आकर्षक सहर थियो पोखरा। पर्यटकको आउजाउ देखेका स्थानीयले २०३२ सालमै विदेशबाट सिधा पर्यटक झारेर स्वागत सत्कार गर्न देखेको सपना २०७९ साल पुस १७ गते आज पूरा हुँदैछ। 

images
images
images

सरकारले २०३२ सालमै विमानस्थल बनाउने भनेर ३ हजार रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर, विमानस्थल बनाउने सुरसार नभएपछि पोखरेलीहरूले गणतन्त्र आएपछि आन्दोलन नै गरेका थिए। पोखरेलीको आन्दोलन पोखरामा मात्रै सीमित थिएन काठमाडौंमै आएर धर्ना बसेका थिए। आन्दोलन नै गरेपछि राज्य विमानस्थल बनाउने निर्णय गर्न बाध्य भएको थियो। 

images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएसँगै सञ्चालनका लागि योग्य भइसकेको छ। पोखरेलीको आन्दोलन भएपछि पोखरा विमानस्थल सन् २०१२ मा त्रिशुली थर्ड ए आयोजनमा जस्तै इन्जिनियरिङ प्रक्योरमेन्ट र निर्माण (ईपीसी) मोडलमै बनाउने गरी तय गरियो। पोखरेलीहरूले आयोजना निर्माणका लागि भन्दै २०६८ मा दुई हजार चार सय दुई जना रिले अनसन नै बसेका थिए। चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते शिलान्यास गरेका थिए। 

images

निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले पाएको थियो। चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा विमानस्थलको निर्माण भएको हो। विमानस्थल करिब ३ हजार ७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको छ। विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ। धावन मार्ग दुई हजार पाँचसय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ। विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन्।

images
images

विमानस्थलको मुख्य भवनसँगै १४ भवनको निर्माण र सजावट गरिसकिएको छ। त्यस्तै आन्तरिक र बाह्य टर्मिनल भवन, धावनमार्ग, एयर ट्राफिक कन्ट्रोल रुम, ट्याक्सी वे, पार्किङ तथा ड्रेन, हाई मास्ट फ्लड लाइट, ट्रान्सफर्मर बक्स, फुटपाथ, लिफ्ट, विमानस्थललाई राजमार्गसँग जोड्ने सडक, विमानस्थलभित्रका स्थानलाई जोड्ने सडक, जहाज पार्किङ, एयर साइड र ल्यान्ड साइडलगायतका काम सबै सम्पन्न भइसकेको छ। 

विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर लागेको थियो। उक्त सबै रकम चिनियाँ बैंकले सरल ऋणमा दिएको हो। विमानस्थलको लागि थप ६ सय २९ रोपनी जग्गाका अधिग्रहण गरेको थियो। २०३२ सालमा सरकारले विमानस्थल बनाउन ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेर राखेकोे थियो। नयाँ विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० लगायतका जहाज अवतरण गर्नसक्ने छन्। विमानस्थलको २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडा धावनमार्ग, एरोब्रिज समेत रहेको छ। 

विमानस्थलपछि वृहत्तर पोखरा

पोखरामा घुम्ने गन्तव्य नै ४२ स्थान रहेका छन्। साहासिक पर्यटनअन्तर्गत प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, जिपलाइन लगायत रहेका छन्। अबको यी गन्तव्य र गतिविधि माथिल्लो मुस्ताङसम्म पुर्‍याउने सरकारी योजना छ। पोखरा आउने पर्यटकको बसाइ अवधी लम्ब्याउने र माथिल्लो मुस्ताङसम्म सहजै पर्यटक पुर्‍याउने लक्ष्य सरकारी योजना रहेको छ। 

पर्यटकीय नगरी पोखारमा विमानस्थल निर्माणले पश्चिम क्षेत्रकै विकासको ढोका खुल्ने अपेक्षा  गरिएको छ। जसका लागि सरकारले वृहत्तर पोखराको योजनासमेत अगाडि बढाएको छ। पोखरा विमानस्थल सञ्चालनमा आउनेवित्तिकै पोखरामा रहेका साहसिक पर्यटकका गतिविधिमा असर पर्ने भएपछि वृहत्तर पोखराको योजना अगाडि सारिएको छ। 

जुन योजनाले माथिल्लो मुस्ताङसम्म पर्यटकलाई सहजै जान सक्ने गरी पूर्वाधार निर्माणमा जोड दिने सरकारी तयारी छ। पछिल्लो समय प्याराग्लाइडिङ पनि पोखराबाट म्याग्दी, पर्वत, स्याङजा क्षेत्रमा सार्न थालिएको छ। त्यस्तै पोखरादेखि मुस्ताङसम्मको सडक बाटो पनि विस्तार गरेर पोखरा क्षेत्रमा आउने पर्यटकको बसाई अवधीनै लम्याउने अभियान समेत सुरु गरिएको छ। 

पोखरामा रात्रिकालीन उडान हुन थालेपछि पोखरा मात्रै नभएर आसपास सबै क्षेत्रमा अर्थतन्त्र चलायमान हुने पर्यटन व्यवसायी बसन्त मिश्र बताउँछन्। पोखरा क्षेत्रको मात्रै नभएर देशकै अर्थतन्त्रमा यो विमानस्थलले सहयोग गर्ने मिश्रले बताए।  पोखरामा स्वदेशी पर्यटकसँगै भारतीय पर्यटकको सबैभन्दा बढी आकर्षण रहेको छ। दिल्ली-पोखरा सिधा उडान हुन सकेमा पोखरा झनै आकर्षण हुने अनुमान गरिएको छ। 

‘पोखरामा जसरी पर्यटकको आकर्षण छ, त्यसमा पनि भारतीय पर्यटकको बढी छ,’ पूर्व अर्थसचिव रामेश्वर खनालले भने।  पोखरा अहिले आन्तरिक पर्यटकको मुख्य हब बनेको मात्रै होइन सारा नेपाली कहिँ जाने इच्छा राख्छन् भने त्यो पोखरा नै भएको समेत खनाल बताउँछन्। ‘पोखराले देशभरका सीटीहरूसँग हवाई सञ्जाल जोड्न सकेको अवस्थामा नेपाली पर्यटकबाट नै यो विमानस्थल चल्न सक्छ। पुरानो विमानस्थल नै ब्रेक इभन भन्दा माथि नै छ,’ उनले भने। 

परिकल्पना गरेअनुसारको पर्यटक संख्या बढेको अवस्थामा यो विमानस्थल वार्षिक १ अर्ब रुपैयाँ खुद आम्दानी गर्न सक्ने अवस्थामा रहेको छ। २२–२३ अर्बको लागत ८–९ वर्षमा नै रिकभर हुने दाबी समेत खनालले बताए। सुदूरपश्चिम र पश्चिमी जिल्लाहरूको लागि यो विमानस्थल गेटवे पनि बन्न सक्ने समेत उनले बताए।

images

प्रकाशित : आइतबार, पुस १७ २०७९०२:१५

प्रतिक्रिया दिनुहोस