काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ५ सय र चाँदी १५ रपैयाँ बढेको हो।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको हो। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।