सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

नाडाको टोलीद्वारा अर्थ मन्त्रीसँग अटोमोबाइल क्षेत्रका समस्याबारे छलफल

images
बिहीबार , पुस १४ २०७९
images
images
नाडाको टोलीद्वारा अर्थ मन्त्रीसँग अटोमोबाइल क्षेत्रका समस्याबारे छलफल

सोही क्रममा उनले अटोमोबाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन दिँदै अटोमोबाइल व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न आग्रहसमेत गरे। 

images
images

काठमाडौं- शुक्रबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उपप्रधान मन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल गरेको छ। 

images
images
images

उक्त भेटघाट तथा छलफलमा उपप्रधान मन्त्री तथा अर्थ मन्त्री पौडेलले अटोमोबाइल क्षेत्रलाई नजिकबाट चिनेको र अटोमोबाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। सोही क्रममा उनले अटोमोबाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन दिँदै अटोमोबाइल व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न आग्रहसमेत गरे। 

images
images

सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले कोभिडको महामारीको कारण यस व्यवसायमा धेरै अप्ठ्यारा परिस्थितिहरु सृजना भएका थिए भन्दै यस्तो विकट स्थितिमा पनि अटोमोबाइल ब्यवसायीहरुले जसोतसो ब्यवसायलाई सञ्चालन गरि आएकोमा पछिल्ला समयमा आएका विभिन्न नीतिहरुको कारण  पहिल्यैदेखि प्रताडित भएको अटोमोबाइल ब्यवसायलाई झनै कठीन अवस्थामा पु¥याएको कारण ब्यवसायीहरु आफ्नो ब्यवसायबाट नै पलायन भइरहेकोले अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका थिए। 

images
images
images

सोही क्रममा अध्यक्ष थापाले बढदो व्याज दर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखि अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने, अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने लगायत नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुंदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागु गर्न कठीन हुने देखिएको सन्दर्भमा यस निर्देशिकालाई दुई बर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गरेका हुन्।  

सो भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्वय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो।


प्रकाशित : बिहीबार , पुस १४ २०७९१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend