काठमाडौं- सुनकोशी नदीमा पानीजहाज सञ्चालनका लागि सरकारले विस्तृत अध्ययन गर्ने भएको छ। पानीजहाज कार्यालयले नदीमा पानीजहाज सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्ने भएको छ।
डीपीआर तयार पार्नका लागि कार्यालयले परामर्शदाता छनोट गरेको छ। कार्यालयले आरआईटीआई-टीएमएस-आईईएस जेभी छनोट गरेको छ।
कार्यालयले कात्तिकमा परामर्शदाता छनोटका लागि भन्दै आवेदन मागेको थियो। आवेदन दिएका मध्ये प्राविधिक रुपमा सबैभन्दा सफल कम्पनी आरआईटीआई-टीएमएस-आईईएस जेभी रहेको भन्दै सुनकोशीमा पानी जहाज सञ्चालनको विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिएको हो।