शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

होटल व्यवसायीले भेटे अर्थमन्त्री, सुनाए पुरानै माग 

images
बुधबार, पुस १३ २०७९
images
images
होटल व्यवसायीले भेटे अर्थमन्त्री, सुनाए पुरानै माग 

पछिल्लो राष्ट्र बैंकले होटलहरूलाई कोरोनाकालमा दिइएको सुविधा कटौति गरेपछि असन्तुष्ट भएका व्यवसयीहरूले नयाँ अर्थमन्त्री समक्ष आफ्ना माग तथा सुझाव प्रस्तुत गरेका छन्। 

images
images

काठमाडौं- होटल व्यवसायीहरूले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन्। 

images
images
images

होटल संघ नेपालका अध्यक्ष सृजना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले आज अर्थमन्त्री विष्णु पौडेलसमक्ष भेट गर्दै आफ्ना मागका बारेमा जानकारी गराएको छ। 

images

पछिल्लो राष्ट्र बैंकले होटलहरूलाई कोरोनाकालमा दिइएको सुविधा कटौति गरेपछि असन्तुष्ट भएका व्यवसयीहरूले नयाँ अर्थमन्त्री समक्ष आफ्ना माग तथा सुझाव प्रस्तुत गरेका छन्। 

images

होटल संघका अध्यक्ष अध्यक्ष राणाले कोभिड–१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको अवगत गराइन्। 

कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए तापनि यसका स्वरुपहरु फैलिरहेका र क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा घाटामा संचालनमा रहेको हुँदा देशैभरका होटल व्यवसायीहरुले माग गरेका ज्वलन्त समस्याहरु समाधानका लागि अर्थमन्त्रीलाई उनले आग्रह गरेकी थिइन्। 

यस्ता छन् होटल संघका सुझाव

१. ब्याजदर सम्बन्धमा :  व्यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेको बैंकको बढ्दो ब्याजदर होटल जस्तो अति संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकुल देखिएकोले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाइदिनु,

२. समय सीमा सम्बन्धमा : होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने बुझाउने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेको होटल उद्योगले हालको अवस्थामा कुनै पनि हालतमा बैंकलाई साँवा र व्याज बुझाउन सक्षम नरहेको तर बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यगवसायीहरु आन्दोलित रहेको हुँदा तोकिएको समयसीमा बढाई थप सहजिकरण हुनुपर्र्ने,  

३. पुनतालिकीकरण र पुनरकर्जा सम्बन्धमा : मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनतालिकीकरण र पुनरकर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था हुन विशेष अनुरोध गरेको छ ।

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि मन्त्रालय लागिपरेको र उद्योग व्यवसायको विकास र विस्तारका लागि पनि कदम चालिने र यसलाई सहज बनाइने विश्वास व्यक्त गरेका थिए। 

प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष विनायक शाह, महासचिव साजन शाक्य, कार्यसमिति सदस्यहरु गोपाल राना, युवराज श्रेष्ठ, रामकुमार पुरी, ठाकुर पोखरेल, सदस्यहरु शशिकान्त अग्रवाल, रानि बाङलगायत सहभागी थिए। 

 


प्रकाशित : बुधबार, पुस १३ २०७९१३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend