काठमाडौं- बुधबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा सुनको मूल्य ४ सय र चाँदीको १० रपैयाँ बढेको हो।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७ सय रपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छापावाल सुनको तोलामा ४ रपैयाँ बढेर १ लाख १ हजार १ सय रपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।