काठमाडौं- मंगलबार नेपाली बजार सुनको मूल्य सामान्य वृद्धि हुँदा चाँदीको भने स्थिर देखिएको छ। सोमबारको तुलनामा सुनको मूल्य २ सय रुपैयाँ वृद्धि भएको हो।
सोमबार छाापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर १ लाख ७ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर देखिएको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ तोकिएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।