शनिबार, वैशाख २२ गते २०८१    
images
images

अर्थतन्त्र संकटोन्मुख छ तर काबुबाहिर छैन : अर्थमन्त्री पौडेल 

अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने पौडेलको प्रतिबद्धता

images
images
images
अर्थतन्त्र संकटोन्मुख छ तर काबुबाहिर छैन : अर्थमन्त्री पौडेल 

अहिलेको समस्या समाधान गर्नसक्ने वा नसक्नेबारे शंकासहितको सुविधा लिएर आएको उनले बताए। समस्याको समाधान गरी फेरि पनि जनतामा आत्मविश्वास बढाएरै बिदा हुनेमा विश्वस्त रहेको उनले बताए। 

images
images

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र संकटोन्मुख भएपनि काबुबाहिर नगएको बताएका छन्। 

images
images
images

आजै नियुक्त भएका अर्थमन्त्री पौडेलले कार्यभार सम्हाल्दै अर्थतन्त्रका समस्या समाधानयोग्य रहेको बताएका हुन्। 'मुलुकको अर्थतन्त्र संकटको डिलमा छ त्यसलाई सामान्य अवस्थामा फर्काउने हाम्रो मुख्य जिम्मेवारी छ। समाधानयोग्य समस्यामात्र अहिलेसम्म देखिएका छन्' उनले भने। 

images

वर्तमान आर्थिक समस्या समाधानका लागि सबैसँग छलफल गरेर अघि बढ्ने उनले बताए। विज्ञ, उद्योगी व्यवसायी तथा सबै सरोकारवालाहरूसँग छलफल गरि अर्थतन्त्रमा देखिएका समस्या पहिचान गरी समाधानका कदम चालिने उनले बताए। 

images

तेस्रोपटक अर्थमन्त्री भएपछि पौडेलले तीन कुरामा आफ्नो प्राथमिकता हुने बताएका छन्। 

images
images

पुँजीगत खर्च बढाउने, मितव्ययीतामा जोड दिने तथा वित्तीय क्षेत्रको समस्या समाधानलाई उनले आफ्नो प्राथमिकताको रुपमा अघि सारेका छन्। 

कहिल्यै समयमै नहुने पुँजीगत खर्च बढाउनका लागि जेजे गर्नुपर्छ त्यही गरिने उनले बताए। गुणस्तरीय पुँजीगत खर्चमा आफ्नो जोड हुने उनको भनाइ छ। 

संकटका अर्थमन्त्री विष्णु पौडेल  संकटका अर्थमन्त्री विष्णु पौडेल 

त्यस्तै पछिल्लो समय वित्तीय क्षेत्र चरम दबाबमा छ। पछिल्लो १८ महिनादेखिको वित्तीय स्रोतको दबाब, चर्को ब्याजदरले समस्या चर्काएको छ। यही समस्यालाई लिएर उद्योगी व्यवसायीले सडकमा आएर विरोध गरिरहेका छन्। 

'वित्तीय स्रोतमा देखिएको समस्या तथा असन्तुलनका बारेमा हामी जानकार छौँ। समस्याका बारेमा जानकार मात्र होइन त्यस्ता समस्याका खास समाधानका उपाया के हुन् भनेर हामीले खोजी गर्छौं' उनले भने। 

पौडेलले अर्थमन्त्रीको कार्यभार सम्हाल्दै  अर्थ मन्त्रालय र अन्तर्गतका कार्यालयहरुको काम अनलाइनमार्फत गर्ने सञ्चालन प्रणाली लागू गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। 

सञ्चार मन्त्रालयले ल्याएको अनलाइन कार्यप्रणाली सञ्चालनका लागि पौडेलले पहिलो निर्णय गरेका हुन्। यो निर्णयसँगै अर्थ मातहतका सबै निकायको कार्यप्रणाली अनलाइनबाट हुने भएको छ। टिप्पणी उठाउनेदेखि लिएर सबै प्रक्रिया अनलाइनबाट हुने भएको छ। 

यसअघि नाकाबन्दी र कोरोना महामारीकालमा अर्मथन्त्री भएका पौडेल स्वयमले अहिलेको समस्या झन ठूलो भएको बताएका छन्। सँधै समस्याग्रस्त अर्थतन्त्र हुँदा आएर राष्ट्रको आत्मविश्वास बढाएर विदा भएपनि यो पालि अलि फरक भएको उनले बताए। 

'हामी समस्याको चाँङमाथि बसिरहेका छौं। समस्या ठूलो हुँदै आएको अनुभूति गरिरहेका छौं । समाधानमा कसरी अघि बढ्छौं भन्ने सबैले हेरेका छन्।
यसअघिका कार्यकालमा म सिंगो राष्ट्रको आत्मविश्वास बढाएर निस्केको थिएँ।तर अहिलेको समस्याको दायरा फरक छ र गम्भीर छ' उनले भने। 

अहिलेको समस्या समाधान गर्नसक्ने वा नसक्नेबारे शंकासहितको सुविधा लिएर आएको उनले बताए। समस्याको समाधान गरी फेरि पनि जनतामा आत्मविश्वास बढाएरै बिदा हुनेमा विश्वस्त रहेको उनले बताए। 

अर्थमन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिँदै पौडेलले आफू पूर्वाग्राही नहुने बताए। सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्ने उनको भनाइ छ। संकटको समयमा सबैले उचित जिम्मेवारी पूरा गरेरै समस्याको समाधान निस्किने उनको भनाइ छ। 

नागरिकबाट प्रश्न उठ्नेगरि होइन आत्मविश्वास सिर्जना हुनेगरि काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए। पारदर्शीतालाई केन्द्रमा राख्दै निर्णय गर्नुपर्ने र कसैबाट लुक्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ। 

राजनीतिक अस्थिरताको कल्पना गरेर काम नगर्ने प्रवृत्ति कसैमा हुन नहुने उनको भनाइ छ। 

images

प्रकाशित : सोमबार, पुस ११ २०७९१२:२७

प्रतिक्रिया दिनुहोस