शनिबार, वैशाख २९ गते २०८१    
images
images

संकटका अर्थमन्त्री विष्णु पौडेल 

images
images
images
संकटका अर्थमन्त्री विष्णु पौडेल 
images
images

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका छन्। पौडेलले आजै पदभार ग्रहण गरेका छन्। 

images
images
images

समन्वयकारी राजनीतिक छवि भएका पौडेल अर्थन्त्रीका रुपमा तेस्रोपटक मन्त्रालय प्रवेश गरेका छन्। व्यवसायी मात्रै नभएर अन्य विपक्षी दललाई समेत मिलाउन सक्ने खुबी भएकैले पुनः अर्थ मन्त्रालयको रोजाइमा पौडेल परेका छन्। केपी शर्मा ओलीका विश्वासपात्र मात्रै नभएर प्रधानमन्त्री पुष्पकमल दाहालका समेत प्रियपात्र पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी लिएका हुन्। 

images

माओवादी र एमाले पार्टी मिलेर बनेको नेकपामा समेत ठूला नेतालाई पाखा लगाउँदै पौडेल महासचिव बनेका थिए। अहिले पनि एमालेभित्र दोस्रो पुस्ताका नेतामध्ये चतुर खेलाडीका रुपमा पौडेल परिचित छन्।

images

विगतमा पनि उद्योगी/व्यवसायीमैत्री अर्थमन्त्रीको रुपमा परिचित पौडेललाई यसपटक अर्थमन्त्री बनाउन उद्योगीहरूले लविङ नै गरेका थिए।

images
images

व्यवसायमैत्री नीति बनाउन र व्यवसायीका कुरा सुन्ने भएर पनि व्यवसायीहरूले पौडेललाई सकारात्मक रुपमा हेर्ने गरेका छन्। सोही कारण पौडेललाई सेयर बजारमा लागिरहेकाहरूले समेत सकारात्मक रुपमा हेर्ने गरेका छन्।

पौडेल अर्थमन्त्री हुने चर्चा भएसँगै सोमबार पनि घटिरहेको बजारमा उछाल आएको छ। नेकपा एमालेको नेतृत्वमा पौडेल अर्थमन्त्री भएकै बेला सेयर बजारले त्यस समयको उच्च बिन्दु बनाएको थियो। त्यो बेला सूचक १८८० सम्म पुगेको थियो। त्यसपछि माओवादी र कांग्रेसको सरकार बन्दा पुँजीबजार निकै सेलाएको थियो। जुन नेकपा एमालेले पुनः बागडोर सम्हालेलगत्तै सुधारिएको थियो। ११०० सम्म पुगेको बजारले एमाले कार्यकालमा ३१९९ बिन्दु पार गरेको थियो। 

bishnu bh.jpg

संकटका सारथी 

विष्णु पौडेल जतिपटक अर्थमन्त्री भए त्यतिबेला अर्थतन्त्र सुविधाजनक अवस्थामा थिएन। यसअघि दुवैपटक अर्थमन्त्री हुँदा अर्थतन्त्रमा समस्या थियो। पहिलोपटक अर्थमन्त्री हुँदा भुँइचालो र नाकाबन्दीको दबाब थियो। केपी ओली नेतृत्वको सरकारमा त्यतिबेला अर्थमन्त्री हुँदा उनले समन्वयकारी भूमिका खेलेका थिए। प्रशासक, विज्ञ तथा व्यवसायी सबैका कुरा सुनेर निर्णय गर्नेलाई यो पालि पनि गठबन्धन सरकारले रोजाइमा राखेको छ।

दोस्रोपटक अर्थमन्त्री हुँदा देशमा कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र थियो। महामारीको प्रभावकै बीचमा पौडेलले अध्यादेशबाट बजेट ल्याएका थिए। उक्त बजेटप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको थियो। 

यसअघि दुईपटकको भन्दा अहिले अर्थतन्त्रमा झन ठूलो संकट छ। अर्थतन्त्रका प्राय सबै सूचक नकारात्मक छन्। निजी क्षेत्र आन्दोलनमा छ। यस्तोमा सबैसँग समन्वयन गर्नसक्ने र उच्च राजनीतिक चरित्र भएका पौडेलप्रति उद्योगी व्यवसायीले पनि राम्रै अपेक्षा गरेका छन्। 

प्रशासकहरूले पनि अहिलेको समयमा पौडेल अर्थमन्त्री हुँदा राम्रै हुने अपेक्षा गरेका छन्।  

'उहाँको सबैभन्दा राम्रो पक्ष भनेको नै उहाँ आफैलाई अर्थतन्त्रका प्राविधिक पक्षमा धेरै थाहा छैन भन्ने बोध हुनु हो। यति भएपछि उहाँले जान्ने सुन्ने र देशको भलो चाहने सबैको राय बुझ्नुहुन्छ र राम्रो टिम बनाएर काम गर्न खोज्नुहुन्छ। यसअघिका कार्यकालमा यस्तो देखिएको थियो। उहाँको त्यही बानीसहितको मन्त्री अहिलेको आवश्यकता हो' पौडेलसँग यसअघि मन्त्रालयमा काम गरेका एक प्रशासकले भने। 

लक्ष्यअनुसार राजस्व उठाउन नसक्दा सामान्य प्रशासन सञ्चालनकै लागि ऋण लिनुपर्ने बाध्यतामा पुगेको सरकारमा अर्थमन्त्रीका रुपमा काम गर्नु पौडेलका लागि चुनौतीपूर्ण छ। 

सोमबार साँझ मन्त्रालयमा पदभार ग्रहण गरेर अर्थ मन्त्रालय र अन्तर्गतका कार्यालयहरूको काम अनलाइनमार्फत गर्ने गरी कार्य सञ्चालन प्रणाली लागू पहिलो निर्णय गर्दै उनले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेकोले त्यसलाई सामान्य अवस्थामा फर्काउनु पर्ने आवश्यकता रहेको बताए। 

'चुनौती सिर्जनाका कारण र समाधानका उपायबारे विज्ञ र विशेषज्ञसँग छलफल गरी समाधान गर्ने छु, अर्थतन्त्रका चुनौती काबुबाहिर छैनन् समाधान गर्न सकिन्छ', उनले भने, 'सबै क्षेत्रसँग सहकार्यका साथ अघि बढ्नेछु।'

को हुन् विष्णु पौडेल?

२०१६ साल मंसिरमा स्याङ्जाको पुतलीबजारमा जन्मिएका विष्णु पौडेल २०३५ सालदेखि तल्कालीन माले हुँदै एमाले र नेकपाको राजनीतिको शीर्ष तहसम्म आइपुगेका नेता हुन्। 

२०५९ सालदेखि एमाले स्थायी कमिटी सदस्य बनेका उनी २०६५ सालदेखि एमाले केन्द्रीय कमिटी सचिव निर्वाचित भए। २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनपछि एमाले केन्द्रीय कमिटीमा निर्वाचित उनी २०७५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महासचिव र सचिवालय सदस्य बने।

२०५१ को मध्यावधि चुनावमा पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी पहिलो र दोस्रो संविधानसभामा रूपन्देही-४ बाट विजयी बने। संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा रूपन्देही-२ बाट निर्वाचित उनी अहिले सोही क्षेत्रबाट एमाले निर्वाचित भएका थिए। 

२०५३ सालमा लोकेन्द्रबहादुर चन्दको मन्त्रिमण्डलमा युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका पौडेलले २०६५ मा प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाले। २०६७ मा झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा रक्षामन्त्री बनेका उनी २०७२ सालमा केपी ओलीको सरकारमा अर्थमन्त्री बने।

images

प्रकाशित : सोमबार, पुस ११ २०७९१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend