शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

एक खर्बको टेन्डर भइसक्यो, अब पुँजीगत खर्चले गति लिन्छ : जनार्दन शर्मा

images
सोमबार, पुस ११ २०७९
images
images
एक खर्बको टेन्डर भइसक्यो, अब पुँजीगत खर्चले गति लिन्छ : जनार्दन शर्मा

चालु वर्षको अहिलेसम्म  ४ खर्ब बराबर दायित्व भुक्तानी गर्न बाँकी रहेको उनले बताए।  ‌

images
images

काठमाडौं- निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा सुधार देखिन सुरु गरेको बताएका छन्। आफ्नो कार्यकालको अन्तिम पत्रकार सम्मेलन गर्दै शर्माले विगत १८ महिनादेखिको अर्थतन्त्रको दबाब न्यून हुँदै गएको र आगामी दिनमा सुधार देखिने बताएका छन्। 

images
images
images

चालु आर्थिक वर्षको अहिलेसम्म १ खर्ब बजेटको टेन्डर भइसकेको र बाँकी महिनामा पुँजीगत खर्चले गति लिने र यसले गर्दा अर्थतन्त्रमा सकारात्मक परिणाम देखिने उनको भनाइ छ। 

चालु वर्षको अहिलेसम्म  ४ खर्ब बराबर दायित्व भुक्तानी गर्न बाँकी रहेको उनले बताए।  ‌'चुनावलगायतका कारण पुँजीगत खर्च कम भए पनि यो गत आर्थिक वर्षको तुलनामा बढी छ। यसले गर्दा आगामी दिन अर्थतन्त्रका लागि राम्रा छन्' उनले भने। 

images

आयातमा लगाइका प्रतिबन्ध हटाइएकाले अब राजस्व संकलन पनि घट्ने  र यसले गर्दा आर्थिक सन्तुलन देखिने उनको भनाइ छ। 

images

 


प्रकाशित : सोमबार, पुस ११ २०७९०९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend