शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

टाटाको मेगा सर्भिस क्याम्प सुरु

images
सोमबार, पुस ११ २०७९
images
images
टाटाको मेगा सर्भिस क्याम्प सुरु

यस तीन दिने क्याम्पमा  टाटाका  पेसेन्जर सेगमेन्टका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिने छ।

images
images

काठमाडौं- टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ।

images
images
images

यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका  बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।  त्यसैगरी  बाँकी ९ वटा उपत्यका बाहिरका  स्थानहरु पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबार, हेटौडा, सर्रा,  धनगढी, नेपालगंजमा रहेका छन्।  

यस क्याम्पको उद्घाटन ललितपुरस्थित  बागडोलमा आयोजित एक  समारोहबीच  टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका  (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी , सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठ , टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान) अजीत नारायण सिंह, सिप्रदीका सीओओ राजेशप्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले संयुक्त रुपमा गरेका हुन्   

images

यस तीन दिने क्याम्पमा  टाटाका  पेसेन्जर सेगमेन्टका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिने छ। यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं  अन्य सुविधाहरु प्राप्त गर्नेछन्। म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमश : १८, १५ र १८  प्रतिशत छुट लगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि  नि: शुल्क प्रदान गरिने काम्पनीले जनाएको छ। यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ। 

images

हाल नेपालमा टाटाका  पेसेन्जर सेगमेन्टका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ।  यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको सिप्रदीले जनाएको छ। यो क्याम्पमा ग्राहकहरुको उत्साहजनक सहभागिता हुने पनि कम्पनीले विश्वास राखेको छ।    


प्रकाशित : सोमबार, पुस ११ २०७९०४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend