सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

images
आइतबार, पुस १० २०७९
images
images
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
images
images

काठमाडौं- नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ।

images
images
images

शुक्रबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला १ लाख ५ सय रुपैयाँ तोकिएको छ। 

images
images

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन ९९ हजार ८ सय रुपैयाँ थियो।

images
images
images

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९८ दशमलव ५८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।


प्रकाशित : आइतबार, पुस १० २०७९०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend