शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सडकमा अब यी १६ कसुर गरे १५ सय रुपैयाँ जरिवाना

images
आइतबार, पुस १० २०७९
images
images
सडकमा अब यी १६ कसुर गरे १५ सय रुपैयाँ जरिवाना

२०७५ मा नै यातायात व्यवस्था विभागबाट अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेको थियो। त्यसैलाई अहिले कार्यान्वयन थालिएको हो। 

images
images

काठमाडौं- उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको छ। ट्राफिक नियम उल्लंघनसम्बन्धि विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको जनाएको छ।

images
images
images

पुस ३ गतेदेखि ट्राफिक प्रहरीले जरिवाना बढाएको जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्न सक्ने प्रावधानमा टेकेर ट्राफिक प्रहरीले १५ सय जरिवाना गर्न थालेको हो।

२०७५ मा नै यातायात व्यवस्था विभागबाट अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेको थियो। त्यसैलाई अहिले कार्यान्वयन थालिएको हो। 

images

सवारी चलाउँदा सवारीचालक अनुमतिपत्र  तथा सवारी दर्ता किताब लगायतका कसुरमा १५ सय तिराउन थालिएको प्रहरीले जनाएको छ।

images

त्यस्तै, रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोडेमा, सडकको गलत  साइडबाट चलाएमा, एकतर्फी सडकमा चलाएमा, अवस्था ठीक नभएको सवारी चलाउँदा अधिकतम जरिवाना १५ सय लिन थालिएको हो। 

जरिवाना बढाइएका कसुर

रेड लाइटमा सवारी नरोक्दा

निषेधित ठाउँमा पार्किङ गर्दा

गलत ठाउँबाट सवारी मोडेमा 

सडकको गलत साइडबाट चलाएमा 

एकतर्फी सडकमा चलाएमा 

अवस्था ठीक नभएको सवारी चलाउँदा 

रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा 

सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा 

नम्बर प्लेट नराखी चलाएमा  

गाडीचालकले बेल्ट तथा मोटरसाइकलचालकले हेल्मेट नलगाइ चलाएमा 

सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा  

लापरबाहीका साथ सवारी चलाउँदा  

सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा 

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सवारी दर्ता किताब साथमा नराखी चलाएमा  

ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएमा 

निषेधित क्षेत्रमा हर्न बजाएमा 


प्रकाशित : आइतबार, पुस १० २०७९०६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend