बिहीबार , मंसिर १३ गते २०८१    
images
images

३० युनिटको विद्युत महसुल महानगरपालिकाले उपलब्ध गराउने

images
शुक्रबार, पुस ८ २०७९
images
images
३० युनिटको विद्युत महसुल महानगरपालिकाले उपलब्ध गराउने

महानगरपालिकाले जम्मा १० युनिटको प्रतियुनिट छ रुपैयाँ ५० पैसाको दरले ६५ रुपैयाँ र न्यूनतम शूल्क ५० रुपैयाँ गरी प्रतिपरिवार एक सय १५ रुपैयाँका दरले मासिक शुल्क विद्युत प्राधिकरणलाई बुझाउने छ।

images
images

वीरगञ्ज- मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल उपलब्ध गराउने भएको छ। 

images
images
images

यसका लागि महानगरले  महानगरपालिकाभित्र विद्युत उपलब्ध गराउने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्ज र सिमरा वितरण केन्द्रसँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरी सो कार्य अघि बढाएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए।  

images

नेपाल सरकारले २० युनिटसम्म प्रयोग गर्ने घरेलु प्रयोगकर्ताको विद्युत महसुलमा शतप्रतिशत छुट दिने निर्णय गरेको थियो। महानगरपालिकाले जम्मा १० युनिटको प्रतियुनिट छ रुपैयाँ ५० पैसाको दरले ६५ रुपैयाँ र न्यूनतम शूल्क ५० रुपैयाँ गरी प्रतिपरिवार एक सय १५ रुपैयाँका दरले मासिक शुल्क विद्युत प्राधिकरणलाई बुझाउने छ।

images

महानगरपालिकाले यसअगावै महानगर क्षेत्रमा घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार नौ सय २४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क तथा इनर्जी शुल्क र कृषि सिँचाइका लागि लिइएको ७० वटा सिँचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व महानगरपालिकाले व्यहोर्ने निर्णय गरेको थियो।

वीरगञ्ज महानगरपालिकाले अनुसार उक्त सम्झौता यही पुस १ गतेदेखि लागु हुने जनाएको छ। सम्झौतापत्रमा महसुल भुक्तानीका लागि नेपाल विद्युत प्राधिकरणको खातामा महानगरले अग्रिम भुक्तानी गर्ने र प्राधिकरणले हरेक महिना रिबेटसहित फछ्र्योट गर्ने उल्लेख छ।

चालु आर्थिक वर्षको बजेटमा विद्युत प्राधिकरणलाई बुझाउने रकम व्यवस्था गरिएकाले महानगरपालिकाले नियमितरुपमा ३० युनिटसम्मको ग्राहकको रकम भुक्तानी गरिदिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए। वीरगञ्ज महानगरपालिकालाई न्यूनतम विद्युत शुल्कमा वार्षिक एक करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।  

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार वीरगञ्ज र सिमरा वितरण केन्द्रमा गरी घरेलु तथा कृषि प्रयोगमा हुने विद्युत महसुल मासिक आठ लाखदेखि १० लाख रुपैयाँ महानगरले व्यहोर्नुपर्ने आकलन गरिएको हो।  

सुविधा प्राप्त गर्न लक्षित ग्राहकले सम्झौता लागु हुनुपूर्वको बक्यौता विद्युत महसुल भने भुक्तानी गरेको हुनुपर्ने शर्त राखिएको छ। यो योजनाबाट दुवै वितरण केन्द्रमार्फत सेवा लिइरहेका सात हजार आठ सय २२ लाभग्राही र चार सय ३८ वटा कृषि मिटर प्रयोगकर्ता लाभान्वित हुने अनुमान गरिएको छ।

सो कार्यका लागि महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पौडेल तथा प्राधिकरणको तर्फबाट वीरगञ्ज केन्द्रका प्रमुख जितेन्द्र झा र सिमरा केन्द्रका प्रमुख रामु श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर‍ेका छन्। रासस


प्रकाशित : शुक्रबार, पुस ८ २०७९०५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend