काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। बिहीबारको तुलनामा सुनको मूल्य एकै दिन तोलामा १२ सय रुपैयाँ र चाँदीको १५ रुपैयाँ घटेको हो।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेर १ लाख ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँ घटेको हो। शुक्रबारका लागि चाँदीको मूल्य १३ सय ९० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।