काठमाडौ- आधाभन्दा नेपाली वित्तीय रुपमा साक्ष रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार ५७.९ प्रतिशत नेपाली वित्तीय रुपमा कुनै न कुनै हिसाबले जानकार रहेको पाइएको छ।
वित्तीय साक्षरताको तथ्यांक संकलन गर्नका लागि भन्दै राष्ट्र बैंकले सर्वेक्षण गरेको थियो। राष्ट्र बैंकले नेपालमा पहिलोपटक यस्तो सर्वेक्षण गरेको हो। साक्षरता मापणका लागि राष्ट्र बैंकले तीनवटा आधार तय गरेको थियो।
वित्तीय ज्ञान, व्यवाहर र मनोवृत्तिका आधारमा साक्षरता मापण गरिएको थियो। वित्तीय सेवाका बारेमा जानकारी भएको, प्रयोग गरेको र प्रयोगका सन्दर्भमा उत्प्रेरितलाई साक्षदरको रुपमा लिइएको छ।
तीन आधारमा सुबैभन्दा कमजो। वित्तीय जानकारी तथा ज्ञान रहेको छ। सर्वेक्षणमा सहभागीमध्ये जम्मा ४७ प्रतिशतमा यस्तो ज्ञान रहेको पाइएको थियो। त्यस्तै व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्रतिशत रहेको पाइएको छ।
वागमती प्रदेशको ६४.५ प्रतिशत साक्षर पाइएको थियो भने सबैभन्दा न्यून मधेस प्रदेशमा रहेको छ। महिनाभन्दा पुरुषमा वित्तीय साक्षरता बलियो रहेको छ। सर्वेक्षण अनुसार ६१ प्रतिशत पुरुष साक्षदर पाइएको छ भने ५६ प्रतिशत महिला रहेका छन्।
उमेर समूह अनुसार १८ देखि ३० वर्षका युवाहरू सबैभन्दा धेरै साक्षर रहेका छन्।
यो सर्वेक्षणमा राष्ट्र बैंकले वित्तीय समावेशिताको पनि अध्ययन गरेको थियो। भुक्तानी उपकरणको प्रयोग, बचत, लगानी वा अवकाश उपकरणको प्रयोग, बीमाको प्रयोग र कर्जाको प्रयोगका आधारमा समावेशिता अध्ययन गरेको थियो।
कम्तिमा पाँच वित्तीय उपकरणहरूको चेतना तथा आर्थिक आवश्यकताको लागि परिवार र साथीहरूमा निर्भर रहेको स्थिति पनि मापन गरिएको छ। यसका साथै वृद्ध अवस्थाको लागि वित्तीय तयारी, वित्तीय संकट व्यवस्थापन गर्न सक्ने दिन र व्यवस्थापन गर्ने तरिका, बचत गर्ने माध्यमहरुका साथै वित्तीय निर्णयमा प्रभाव पार्ने तत्वहरु समेत सर्वेक्षणले समेटेको छ।
वयस्क जनसंख्याको वित्तीय प्रयोगका सूचकहरूमा ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ८६.६४ प्रतिशतले बचत, लगानी वा अवकाश उपकरण, ३०.०२ प्रतिशतले बीमा सेवा र ४६ ३४ प्रतिशत ऋण उपकरण प्रयोग गरेको पाइएको छ। बचत उपकरणहरू मध्ये ७१.०६ प्रतिशत वयस्क जनसंख्याले बचत खाताको प्रयोग गरेको पाइएको छ भने लगानी कोष सबैभन्दा कम प्रतिशत जनसंख्याले प्रयोग गरेका छन्।
वयस्क जनसंख्याको ८.४६ प्रतिशतले निर्जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन् भने २६.७८ प्रतिशतले जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन्। लगभग दुई तिहाइ वयस्क जनसंख्या कम्तिमा ५ किसिमका वित्तीय उपकरणबारे सचेत छन्। अझै पनि ७१.८३ प्रतिशत वयस्क जनसंख्या आफ्नो आर्थिक आवश्यकता पूरा गर्न परिवार तथा साथीभाइमा बचत वा ऋणको लागि माथि निर्भर रहेका छन्।
सर्वेक्षणमा देशभरबाट १८ वर्ष माथिका कुल ९ हजार ३६१ नेपाली नागरिकहरुलाई छनोट गरिएको थियो। प्रत्येक स्थानीय तहलाई समेट्नेगरी नमुना संकलन गरिएको थियो।
वित्तीय साक्षरता तथा समावेशिताका सबै सूचकमा बागमती प्रदेश अब्बल रहेको छ भने सबैभन्दा कमजोर मधेस प्रदेश रहेको छ।
सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेका छन भने जम्मा १७.६० प्रतिशतले मात्र बैक कर्जा उपयोग गरेका छन्। कृषि र निर्माण क्षेत्रका कामदारको सबैभन्दा कम हिस्साले बैंक कर्जा प्रयोग गरेका छन् भने होटल र रेष्टुरेन्टका कामदारको बढी हिस्साले सामूहिक बचत ऋणको प्रयोग गरेका छन्। राष्ट्रिय स्तरमा वयस्क जनसंख्याको २.३५ प्रतिशतले मात्र सरकारी सहुलियतपूर्ण कर्जाको प्रयोग गरेका छन्।