मंगलबार, वैशाख २५ गते २०८१    
images
images

भोलीबाट चितवनमा अटोमोबाइल व्यवसायीहरुको बृहत् भेला हुँदै

images
images
images
भोलीबाट चितवनमा अटोमोबाइल व्यवसायीहरुको बृहत् भेला हुँदै

नाडाले गएको मंसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि मंसिर २२ गते काठमाडौंलगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो।

images
images

काठमाडौं- भोली शुक्रबार र  शनिबार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले बृहत् भेल गर्ने भएको छ। चतवनको पार्क सफारी रिर्सोटमा नाडाका पूर्वअध्यक्षहरु, नाडाका सातै प्रदेश एशोसिएसनका अध्यक्षहरुलगायत पदाधिकारी तथा नाडाका केन्द्रीय कार्यसमितिको सहभागितामा अटोमोबाइलको वर्तमान परिस्थिती सम्बन्धमा दुई दिने बृहत् छलफल तथा अन्तरक्रिया हुने लागेको हो। 

images
images
images

सो कार्यक्रममा नाडा तथा नाडाका प्रदेश एशोसिएसनहरुबीच नेपालको समग्र अटोमोबाइल क्षेत्रले वर्तमान समयमा भोग्नु परिरहेको समस्या र बैंकहरुको उच्च व्याज दरलगायत चालु पुँजी कर्जा लागु गरेको जोखिम भार र एलसी मार्जिनका विषयको सम्बन्धमा अटोमोबाइल व्यवसायीहरुले कसरी अघि बढने भन्ने विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णय गर्र्ने भएका छन्।

images

नाडाले गएको मंसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि मंसिर २२ गते काठमाडौंलगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो। 

images

सो बृहत् छलफलमा सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यानजस्ता निजी प्रयोजनका सवारी साधन र १५० सीसीभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथी उल्लेखित समस्याहरुका कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोबाइल्स व्यवसायीहरु धमाधम पलाउन हुने अवस्था आएकोले आगामी दिनको कार्ययोजना र निष्कर्श निकाल्ने व्यापक छलफल हुने बताउँदै आएका छन्।

images
images

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद डाः विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोबाइल क्षेत्रका सम्बन्धमा प्रस्तुतीसमेत दिनेछन्। सोही क्रममा नाडाका पूर्वअध्यक्षहरुले कार्यक्रमलाई सम्बोधन गर्दै सो विषयका सम्बन्धमा मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ। सो कार्यक्रम सम्पन्न हुनुभन्दा अघि नाडाको १३औं केन्द्रीय कार्य समितिको बैठक समेत सौराहामा सम्पन्न हुने छ। 

images

प्रकाशित : बिहीबार , पुस ७ २०७९११:४३

प्रतिक्रिया दिनुहोस