काठमाडौं- मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबार स्तिर रहेको सुनको मूल्यमा प्रतितोला १ सय र चाँदीमा ५ रुपैया गिरावट आएको हो।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेर १ लाख ४ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।