सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

सेवाप्रदायकले व्यवस्थापन नगरेपछि प्राधिकरण आफैँ हटाउँदै इन्टरनेटका तार 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ५ २०७९
images
images
सेवाप्रदायकले व्यवस्थापन नगरेपछि प्राधिकरण आफैँ हटाउँदै इन्टरनेटका तार 

कात्तिक १५ मै निर्देशन दिएको थियो। तर अहिलेसम्म पनि अवस्थिति तारको व्यवस्थापन नभएको भन्दै प्राधिकरणले ऐन अनुसार व्यवस्थापन गर्न लागिएको जानकारी गराएको छ। 

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका पोलमा अनावश्यक रुपमा झुन्डिएका इन्टरनेट केबलका तार तथा डिभाइसको व्यवस्थापन समयमै नगरिए आफै हटाइदिने भनेर गरेको ताकेता अनुसार काम नभएपछि काठमाडौंभित्रका केही ठाउँमा हटाउने भएको छ। 

images
images
images

यसअघि ४५ दिनभित्र हटाउन निर्देशन दिएको भएपनि  रत्नपार्क-केशरमहल-लाजिम्पाट-नारायणगोपाल चोक खण्डमा  प्रगति नभएको भन्दै प्राधिकरणले इन्टरनेट  पुस ११ गते हटाउने भएको हो। 

images
images

कात्तिक १५ मै निर्देशन दिएको थियो। तर अहिलेसम्म पनि अवस्थिति तारको व्यवस्थापन नभएको भन्दै प्राधिकरणले ऐन अनुसार व्यवस्थापन गर्न लागिएको जानकारी गराएको छ। 

images
images
images

तोकिएको समयमा सुधार कार्य नगर्ने/नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरणहरू  प्राधिकरण आफैँले हटाउने हुँदा यसबाट हुन सक्ने नोक्सानीका लागि इन्टरनेट/केबल टी. भी. / दूरसञ्चार सेवा प्रदायक स्वयं जिम्मेवारी हुने चेतावनीयुक्त सार्वजनिक सूचना प्राधिकरणले जारी गरेको छ। 

इन्टरनेट सेवाप्रदायकहरूले पछिल्लो समय काठमाडौं उपत्यकामा तारको व्यवस्थान गरिरहेका छन्। यद्यपि सबैले नगरेको पाइएको प्राधिकरणले जानकारी गराएको छ। 

उपयोग नभएका तार पनि पोलमा झुन्डिँदा सहर कुरुप देखिएको तथा आधारभूत सेवाप्रवाहमा समेत असर देखिएको प्राधिकरणले उल्लेख गर्दै आएको छ। 


प्रकाशित : मंगलबार, पुस ५ २०७९०३:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend