शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सट्टेबाजीमा सक्रिय नेपाली : एउटै एजेन्टको ७ बैंक खातामार्फत एक वर्षमा २ करोड ४५ लाखसम्म कारोबार

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ४ २०७९
images
images
सट्टेबाजीमा सक्रिय नेपाली : एउटै एजेन्टको ७ बैंक खातामार्फत एक वर्षमा २ करोड ४५ लाखसम्म कारोबार

सट्टेबाजीको रकम भने रेड्डी नामको एप्लिकेसन मोबाइलमा ‘इन्स्टल’ गर्न लगाई कारोबार गर्ने गरेको र त्यही रकम भुक्तानीको आधारमा कमिसन दिने गरेको पाइएको छ। 

images
images

काठमाडौं- विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टेबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन्। एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टेबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ।

images
images
images

नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ मध्ये ७ बैंक खाताको कारोबार परीक्षण गर्दा एक वर्षको अन्तरालमा सट्टेबाजीमा साढे दुई करोड रुपैयाँ बराबरको कारोबार गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

खेलमा बढी रकम हारेका व्यक्तिको पहिचान गरी प्रलोभन देखाएर सट्टेबाजीको एजेन्ट बनाएको प्रहरीको भनाइ छ। सट्टेबाजीमा प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत यसरी सट्टेबाजीको रकम सङ्कलन गर्ने कार्यमा चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षका सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका-८ का २५ वर्षीय अजय भेल पक्राउ परेपछि तथ्य खुलेको हो।

images

उनीहरुलाई मुलुकी अपराधसंहिताको दफा १२५ को उपदफा ४ बमोजिम  सट्टेबाजी गर्न/गराउन नहुने कसुरअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ।

images

उनीहरुलाई वान एक्स बेटले खेलाडीमध्येबाट बढी रकम हारेका व्यक्तिको पहिचान गरी विभिन्न प्रलोभन देखाएर एजेन्ट बनाएको पाइएको छ। पक्राउ परेका व्यक्तिले सट्टेबाजी गराउन विगत एक वर्षदेखि एजेन्टको रुपमा काम गर्दै आएको खुलेको छ। सट्टेबाजीको रकम भने रेड्डी नामको एप्लिकेसन मोबाइलमा ‘इन्स्टल’ गर्न लगाई कारोबार गर्ने गरेको र त्यही रकम भुक्तानीको आधारमा कमिसन दिने गरेको पाइएको छ। 

अनुसन्धानका क्रममा पक्राउ परेका चौगुठीको २३ वटा बैंकको २५ वटा खाताको कारोबार विवरण माग गरिएकोमा हालसम्म सात बैंकमार्फत उनले एक वर्षको अवधिमा २ करोड ४५ लाख ७१ हजार आठ सय ९९ कारोबार गरेको खुल्न आएको र अन्य बैंकको विवरण प्राप्त हुने क्रममा रहेको कोइरालाले बताए।

भेलको विभिन्न १९ बैंक खाताको कारोबार माग गरिएकोमा हालसम्म प्राप्त सात बैंकको खाताको विवरणमा करिब ६ महिनाको अवधिमा ६० लाख ३० हजार कारोबार भएको खुलेको छ। अनुसन्धानमा वान एक्स बेटमार्फत हुने कारोबार क्रिप्टोकरेन्सीको कारोबारसँग अन्तरसम्बन्धित रहेको पाइएको छ। 

सट्टेबाजी गर्ने समूह बढ्दो रहेको बताइएको छ। यसअघि मङ्सिर २८ मा पक्राउ परेका लमजुङका सुजन गौलीले उक्त सट्टेबाजीमा इसेवा, आइएमइ, खल्ती सेवाबाट मात्रै दुई करोड ३६ लाख कारोबार गरेको पाइएको छ। 

अनुसन्धानका क्रममा अन्य विभिन्न २६ डिजिटल वालेटमार्फत उनले झण्डै आठ करोड बराबरको कारोबार गरेको खुल्न आएकोमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

मङ्सिर २६ पक्राउ परेका ललितपुरका आदर्श ठाकुरले पनि यस्तै एपमार्फत दुई करोड बढीको कारोबार गरेको फेला परेको थियो। उनी पनि प्रहरीको अनुसन्धानमै छन्। मङ्सिर २५ गते पाल्पाका रुद्रप्रसाद पोखरेल र भारतका पवनकुमार शर्मा काठमाडौँको नरदेवीबाट सट्टेबाजीकै कसूरमा पक्राउ परेका थिए। 

पछिल्ला घटनाक्रमले प्रविधिको दुरुपयोग तीव्र रुपमा बढिरहेको देखिएको र त्यहीमार्फत प्रलोभनमा परेर मानिस ठूलो रकम ठगीमा पर्ने गरेकाले त्यसबाट सतर्क रहनुपर्ने केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई बताउँछन्। रासस


प्रकाशित : सोमबार, पुस ४ २०७९०८:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend