काठमाडौं- साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा एक लाख रुपैयाँभन्दा तल झरेको सुनको मूल्य आइतबार पुनः एक लाख रुपैयाँ नाघेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा ६ रुपैयाँ बढेर १ लाख ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।