बिहीबार , मंसिर १३ गते २०८१    
images
images

चिया बेचेर राम्रो आम्दानी गर्दैछिन् विपना

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ३ २०७९
images
images
चिया बेचेर राम्रो आम्दानी गर्दैछिन् विपना

'अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ', उनी भन्छिन्, 'मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन।'

images
images

रेसुङ्गा- गुल्मीको मुसिकोट नगरपालिका-२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ। यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार कमाउँदै आएको सुनाउँछिन्।

images
images
images

बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कपभन्दा बढी चिया बेच्छिन्। बजारमा चियाको मूल्य २५ भए पनि विपनाले एक कप चिया २० का दरले बेच्छिन्। 'चिया बेचेर दैनिक तीन हजारका दरले मासिक ९० हजार कमाइ हुन्छ', उनी भन्छिन्, 'घरखर्च सबै कटाएर ६० हजार बचत गर्दै आएकी छु।' 

images

माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि उनी पढ्नका लागि तम्घास आएकी हुन्। उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काइन्। यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन्। उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो। यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुवात गरिन्। मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरिन्। तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छिन्।

images

अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उनले बताइन्। 'अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ', उनी भन्छिन्, 'मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन।' तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उनको भनाइ छ।

आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन्। उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्कन्छिन्। त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्कन्छिन्। तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन्। आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ।

उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ। कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन्। कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन्।

उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छिन्। उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन्। विपनाका बुवा हरिबहादुर कृषक छन् भने आमा कोपिला  गाउँकै विद्यालयमा शिक्षिका छिन्। चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ।

विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन्। उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताएकी छिन्। लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ। विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन्। रासस 


प्रकाशित : आइतबार, पुस ३ २०७९०४:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend