काठमाडौं- उद्योग विभागले विदेशी लगानीको लेखांकान गराउनका लागि लगानीकर्तालाई ३५ दिनको समयसीमा दिएको छ।
नेपालमा विदेशी लगानी भएको तर रकम भित्र्याएको प्रमाण पेस गर्न नसकेकाहरूलाई यस्तो अवसर दिइएको हो।
लगानीको रकम ल्याएको प्रमाणका रुपमा पहिलेको स्वीकृति पेश नगरी लाभांस लिन नपाइने व्यवस्था छ। यही कारणले गर्दा कतिपय गैरआवासीय नेपालीले यसअघि गरेको लगानीको लाभांस पनि रोकिएको थियो।
यस्तो समस्यामा रहेका लगानीकर्तालाई विभागले ३५ दिनको समयसीमा दिएर लेखांकन गराउन आग्रह गरेको छ।