शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

महाभारत र खानीखोलाका तेत्तीस सय घरमा विद्युत पुर्‍याइँदै

images
आइतबार, पुस ३ २०७९
images
महाभारत र खानीखोलाका तेत्तीस सय घरमा विद्युत पुर्‍याइँदै

जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन्।

images
images

काठमाडौं- जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन्। यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पुर्‍याउन धामाधम काम भइरहेको छ। 

images
images
images

दुई गाउँपालिकाका स्थानीयलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले  एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो। तत्कालीन अवस्थामा जिल्लास्थित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितलाई सम्मानार्थ महाभारतको बनखुमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई दुई गाउँपालिकामा बिजुलीको मागपत्र पेस गरेका थिए। सोही मागका आधारमा सरकारद्वारा विद्युतीकरणको रकम विनियोजन गरिएको थियो। 

images
images

रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप रु ३० करोड माग गरी विद्युतीकरणको कामलाई अन्तिम चरणमा पुर्‍याइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार महाभारत गाउँपालिकाको वडा नं ३ फोक्सिङटार, ४ र ५ स्थित बुढाखानीका सबै घरमा बिजुलीबत्ती बल्ने गरी सबै काम हालै सम्पन्न भएको छ।
 
गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदानसमेत उपलब्ध गराएको जिम्बाले बताए। उनका अनुसार हाल तीनवटा वडाका लागि एक हजार तीन सय घरधुरीका लागि मिटर पुर्‍याइएको छ। भने हाल घर–घरमा वायरिङको कार्य भइरहेको छ। हाल शाखा लाइन विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ। 

images
images

महाभारत गाउँपालिकामा तीन हजार तीन सय घरधुरी छन्। सबै घरमा बिजुली, खानेपानी पुर्‍याउने गरी कार्य भइरहेको गाउँपालिका प्रमुख जिम्बाले बताए। यस प्रसारण लाइनबाट खानीखोलाको दुईवटा वडाका बासिन्दा लाभान्वित हुने जनाइएको छ। 

महाभारत गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कान्छामान जिम्बाका अनुसार यही वर्षभित्र सबै घरमा बिजुली बत्ती बालिसक्ने गरी कामलाई तीव्रता दिइएको छ। केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग, कलकारखाना सञ्चालन गर्न सकिएको थिएन। यसअघि लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो। रासस


प्रकाशित : आइतबार, पुस ३ २०७९०३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend