काठमाडौं- खानी उत्खननको अनुमति लिएकाहरूलाई अनिवार्यन तौलपूल राख्न खानी तथा भूगर्भ विभागले निर्देशन दिएकोछ।
विभागबाट खानी उत्खनन्को अनुमति लिएर नियमावली अनुसार तौलपूल राख्नुपर्ने व्यवस्था छ। तर अहिलेसम्म केही व्यवसायीले तौलपूल नराखेको विभागले जानकारी दिएको छ।
अनुगमनको क्रममा तौलपूल नभेटिएकाले अबको ६ महिनाभित्र अनिवार्य राख्न विभागले निर्देशन दिएको छ।
यो निर्देशनपछि पनि तौलपूल नराखेमा कानूनअनुसार कारबाही गरिने विभागले जानकारी दिएको छ।
तौलपूल सही ठाउँमा र सही तरीकाले नराखी राज्यलाई रोयल्टी छल्ने काम भइरहेको विभागले जानकारी दिएको छ। खानी उत्खनन् गर्दा व्यवसायीले तौलपूल राखेपछि कति खनिज उत्खनन् भयो भन्ने यकिन हुन्छ। सोही आधारमा रोयल्टी तिर्नुपर्छ।
तर अहिलेसम्म सबैले तौलपूल कि राखेकै छैनन् कि गलत ठाउँमा राखेका छन्।