काठमाडौं- चालु आर्थिक वर्षको चार महिनामा १ प्रतिशत विदेशी मुद्राको सञ्चिति थपिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि कात्तिकसम्म विदेशी मुद्राको सञ्चितिमा झिनो सुधार देखिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथा असार मसान्तमा ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति रहेकोमा कात्तिक मसान्तसम्म ९ अर्ब ६३ करोड अमेरिकी डलर पुगेको छ।
यो अवधिमा १ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असारको तुलनामा बढेको छ भने बैंक तथा वित्तीय संस्थामा भएको सञ्चिति घटेको छ।