काठमाडौं- बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला ७ सय र चाँदी २० रुपैयाँमा घटेको हो।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि भने सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेर १ लाख ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको हो। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।