काठमाडौं- जनकपुरधाम उपमहानगरपालिकाले एकैपटक १५४ जना कर्मचारी करारमा भर्ना गर्ने भएको छ।
उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आवश्यक पदमा योग्यता पुगेका नागरिकलाई आवेदन दिन आव्हान गरेको छ।
उपमहानगरपालिकाले नियमित कामका लागि १४२ जना कर्मचारी करामा लिने भएको छ। यसमा २ जना इन्जिनियर र ३५ जना सहायक कम्प्युटर अपरेटर करारमा लिन खोजेको छ।
सबैभन्दा धेरै ५० जना कुचीकार लिन लागेको छ। महानगरको सफाइदेखि सौन्दर्यकरणका लागि आवश्यक जनशक्ति करामा लिनका लागि उपमहानगरले विज्ञापन प्रकाशित गरेको छ।
इच्छुकले यो विज्ञापनमा आजको १५ दिनभित्र उपमहानगरमा आवेदन दिनसक्नेछन्।
त्यस्तै उपमहानगरले सशर्त अनुदान बजेटका कार्यक्रम कार्यान्वयनका लागि पनि १४ जना कर्मचारी करारमा लिने भएको छ। विशेषगरी कृषि कार्यक्रम सञ्चालनका लागि १४ जना कर्मचारी करारमा लिने भएको हो।