बिहीबार , मंसिर १३ गते २०८१    
images
images

स्टार्टअपमा महत्वपूर्ण सुरुवात : ग्रोथएक्स एभरेष्ट एक्सेलेटर स्थापना गर्न चार संस्थाबीच सम्झौता

images
बुधबार, मंसिर २८ २०७९
images
images
स्टार्टअपमा महत्वपूर्ण सुरुवात : ग्रोथएक्स एभरेष्ट एक्सेलेटर स्थापना गर्न चार संस्थाबीच सम्झौता

यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू, र लगानीकर्ताहरूबाट सल्लाह दिनेछ र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्ने र नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने परिसंघले उल्लेख गरेको छ। 

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन्।

images
images
images

यस कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने हो, जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्याउने रहेको परिसंघले जनाएको छ। यसले क्षेत्रीय र विश्व बजारमा नेपालको आर्थिक प्रतिस्पर्धा बढाउने उल्लेख गरिएको छ।

images

यो एक हाइब्रिड संरचित एक्सेलेटर कार्यक्रम हो। यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिंगअप, विश्वव्यापी विस्तार र कोष सङ्कलनमा सक्षम पार्नेछ। नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइने जनाइएको छ।

images

यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू, र लगानीकर्ताहरूबाट सल्लाह दिनेछ र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्ने र नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने परिसंघले उल्लेख गरेको छ। 

स्टार्टअप रेसो इन्डियाले भारतमा बुट क्याम्प र एक्सेलेटर कार्यक्रममार्फत विगत नौ वर्षमा ८ सयभन्दा बढी स्टार्टअपहरूलाई लगानी गदै १२ हजार बढीलाई प्रत्यक्ष रुपमा रोजगारी सिर्जनामा सहयोग गरेको छ। यस्तै ४० भन्दा बढी एक्सेलेटर स्थापना, नविनतम रोजगारी सिर्जनामा सहयोग गर्दै १ करोड ३० लाख डलर बराबर राजस्व, अनुदान र प्रयोजनामा सहयोग पुर्याएको छ।

सहकार्य सम्झौता गरेपछि टिम भेन्चर्सका सीईओ तथा संस्थापक तेन्जिन सोनम गोन्सारले नेपालमा स्टार्टअपहरुको व्यवसायलाई माथि उठाउन प्रोत्साहन एवं सहयोग गर्न सिएनआई, सिएनआईवाईईएफ, जस्ता साँझेदार पाउँदा खुसी भएको बताए।

ग्रोथएक्स एभरेष्ट नेपालभित्र चलिरहेका विद्यमान एक्सेलेटर कार्यक्रमहरू भन्दा फरक पहल भएको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवालले बताए। यो कार्यक्रम क्रस बोर्डर मेन्टरशिप, नेटवर्किङ, र विस्तारमा केन्द्रित रहेको उनले बताए। 


प्रकाशित : बुधबार, मंसिर २८ २०७९०८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend