काठमाडौं- बुधबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला १ हजार र चाँदी १० रुपैयाँ बढेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेर १ लाख १ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको हो। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।