शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

सौर्य ऊर्जाबाट जुम्लाको पोखरी गाउँमा विद्युत् सेवा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २७ २०७९
images
सौर्य ऊर्जाबाट जुम्लाको पोखरी गाउँमा विद्युत् सेवा
images
images

जुम्ला- जुम्लाको तिला गाउँपालिका-७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट गाउँ झिलीमिली बनेको छ। यसअघि विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको थियो।

images
images
images

सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको स्थानीय मुनबहादुर रोकायाले बताए। 'गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ। जम्मा गाउँमा ६० घरधुरी रहेका छन्। गाउँ नजिकै अर्को गोठीबस्ती छ। वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन्। गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पुर्‍याइएको छ' उनले भने।

images
images

सबै गरेर एक सय २० घरमा बिजुली बालिएको रोकायाले बताए। ५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्ब राखिएको छ।

images
images

एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन्। गाउँमा पोलपोलमा बिजुली बालिएको छ। जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ। टिभी र वाइफाइ चलाउनसमेत सजिलो भएको अर्का स्थानीयवासी तुलवीर रोकायाले बताए।

उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी भइसकेको छ। जसका लागि वडापालिकाले बजेट छुट्याइसकेको छ। गाउँमै कुटानीपिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने सो गाउँका स्थानीयवासी बताउँछन्।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३ करोड ३४ लाख र ३० लाख तिला गाउँपालिकाको साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९१०:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend