काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको भने स्थिर रहेको छ। सोमबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको हो।
सोमबार छापावाल सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर १ लाख रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। मंगलबारका लागि चाँदीको मूल्य १३ सय ९० रुपैयाँ तोकिएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।