काठमाडौं- सोमबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबारको तुलनामा सुनको मूल्य ३ सय र चाँदीको मूल्य १० रुपैयाँ घटेको हो।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ घटेर १ लाख २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको हो। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।