काठमाडौं- सहरी विकास मन्त्रालयको सचिवमा सुरेश आचार्यको सरुवा भएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यलाई सहरी विकास मन्त्रालयको सचिव बनाउने निर्णय गरेको हो।
आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सहरी विकासमा सरुवा गरिएको हो।
आचार्यले यसअघि खानेपानी मन्त्रालय, पुनर्निर्माण प्राधिकरण लगायतका निकायमा सचिवका रुपमा काम गरेका थिए।