काठमाडौं- साताको पहिलो दिन आइतबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला २ सय र चाँदी १० रुपैयाँ बढेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेर १ लाख ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।