बिहीबार , मंसिर १३ गते २०८१    
images
images

घट्दै अलैँचीको मूल्य

images
शनिबार, मंसिर २४ २०७९
images
images
घट्दै अलैँचीको मूल्य
फाइल तस्बिर

यता किसानले समेत मूल्य पर्खिएर बसेका छन्। आफूले उत्पादन गरेको अलैँची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन्।

images
images

ताप्लेजुङ- अलैँचीको मूल्यमा गिरावट आएको छ। एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन २६ हजार रुपैयाँका दरले अलैँचीको कारोबार भएकामा अहिले २४ हजार रुपैयाँमा झरेको छ।
 
यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजार रुपैयाँका दरले समेत कारोबार भएको थियो। क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीले बताएका छन्। यो वर्ष अलैँचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैँची व्यवसायी नरेन्द्र तिवारीले बताए। 
 
पछिल्लो समय अलैँचीको उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य नबढेको उनको तर्क छ। उनले यस वर्ष झन्डै चार सय मन अलैँची जम्मा गरेका छन्। जसमध्ये आधा जसो २९ हजार रुपैयाँका दरले किसानबाट लिइसकेका छन्। बजार र मूल्य नभएपछि सबै अलैँची गोदाममै थन्क्याएर राखेको उनले बताए। 
 
यता किसानले समेत मूल्य पर्खिएर बसेका छन्। आफूले उत्पादन गरेको अलैँची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन्। मूल्य तलमाथि भइरहने भएकाले अन्योल हुने गरेको सिरीजंघा-७ खेवाङका किसान राजकुमार भट्टराईले बताए। 
 
अलैँचीको बजारका लागि भारतकै भर पर्नुपर्ने भएकाले ठूला व्यापारी पनि समस्यामा परेका छन्। गत वर्ष प्रतिमन ४८ हजार रुपैयाँका दरले समेत कारोबार भएको थियो। त्यसयता क्रमिक रुपमा मूल्य घट्दै गइरहेको व्यवसायीले बताएका छन्। रासस

images
images
images


प्रकाशित : शनिबार, मंसिर २४ २०७९१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend